काठमाडौं उपत्यकामा आज (शुक्रबार) बिहान भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दू बनाएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।
परकम्पको धक्का करिब ६ सेकेण्डसम्म महसुस गरिएको थियो।
यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्यूडको भूकम्पको धक्का महसुस गरिएको थियो।
२०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम भने अझै रहेको छ।