नलपरासी ९बर्दघाट–सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन्।
वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएका हुन्।
छिमेकीको मलामी गएर फर्किँदै गर्दा स्थानीय भैँसी खोलाको बाँधमा पौडी खेल्ने क्रममा मगर डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
बेपत्ता भएका मगरको इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरी टोलीका साथै स्थानीयवासी मिलेर खोजी कार्य जारी राखिएको बताइएको छ ।