टोक्यो ओलिम्पिक्स: उद्घाटन समारोहमा पहिलो पटक म्युनिख हमलाका मृतकको सम्झना, सन् १९७२ मा के भएको थियो?

बिबिसी

टोक्यो
GETTY IMAGES
GETTY IMAGES

जर्मनीको म्युनिख ओलिम्पिक्समा भएको त्रासदीपूर्ण हमलाका पीडितहरूलाई घटनाको झन्डै आधा शताब्दीपछि टोक्यो ओलिम्पिक्सको उद्घाटन समारोहमा स्मरण गरिएको छ।

सन् १९७२ मा प्यालेस्टिनी बन्दुकधारीबाट मारिएका ११ जना इजरेली खेलाडीहरूको सम्झनामा मौन धारण गरिएको थियो।

पीडितका परिवारहरूले वर्षौँदेखि ओलिम्पिक्स आयोजकहरूलाई खेल मेलाको उद्घाटनमा सम्झन आग्रह गरे तापनि त्यस्तो प्रस्ताव अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आईओसीबाट बारम्बार अस्वीकृत भएको थियो।

दुईजना मृतकका श्रीमतीहरूले भने, "अन्तत: न्याय भयो।"

शुक्रवारको समारोहमा उपस्थित अन्की स्पिट्जर र इलाना रोमानोले भने, "हामीले ४९ वर्ष सङ्घर्ष गर्‍यौँ र कहिल्यै हार खाएनौँ।"

सन् १९७२ को घटना के थियो?

५ सेप्टेम्बर १९७२ मा भएको म्युनिख नरसंहारलाई ओलिम्पिक इतिहासकै सबैभन्दा अँध्यारोमध्येको अध्यायको रूपमा लिइन्छ।

त्यसबेला ओलिम्पिक ग्रामभित्रै इजरेली टोलीका ११ सदस्यलाई ब्य्ल्याक सेप्टेम्बर ग्रुपका प्यालेस्टिनी बन्दुकधारीहरूले बन्धक बनाएका थिए।

दुईजनालाई तत्कालै मारिएको थियो भने अन्यको मृत्यु पश्चिम जर्मनीका प्रहरीसँग नजिकैको एक हवाई अड्डामा गोली हानाहानका बेला भएको थियो।

प्रकाशित मिति: : 2021-07-24 15:17:00

प्रतिकृया दिनुहोस्