स्रोत नखुलेको ४० लाखसहित एक जना पक्राउ

File Photo
File Photo

स्रोत नखुलेको रु ४० लाखसहित झापा गाउँपालिका–२ बेलाइतिबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलाइतिबारीका ५० वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

उनका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका रु ४० लाख ३७ हजार ६७० सहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलील उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीका लागि आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाइने उनले जानकारी दिए।

प्रकाशित मिति: : 2021-07-24 20:26:00

प्रतिकृया दिनुहोस्