ड्र्यागन म्यानलाई किन हाम्रो नजिकको पूर्वज अनुमान गरिँदैछ?

सेतोपाटी

काठमाडौं

चीनको हार्विन सहरका एक मजदुरले ८८ वर्षअघि पुल बनाउँदै गर्दा भेटेको एउटा खप्परले यतिखेर जीवविज्ञान क्षेत्रमा तहल्का ल्याएको छ। ती श्रमिकले परिवारलाई समेत थाहा नदिएर जतनसाथ लुकाइ राखेको यो खप्परले मान्छेको इतिहासको कथा बोकेको अनुमान वैज्ञानिकहरूले लगाएका छन्।

यो खप्पर जुन समयको हो, त्यो बेला हार्विन सहर जापानको कब्जामा थियो। ती मजदुरले त्यो खप्पर जापानी अधिकारीलाई दिनुपर्ला भनेर कसैलाई नभनी लुकाएका रहेछन्।

ती मजदुरले सन् २०१८ मा आफ्नो मृत्यु हुनुअघि परिवारका सदस्यलाई यो खप्परबारे बताएका थिए। उनका परिवारले त्यो खप्पर होविए विश्वविद्यालयको भू-विज्ञान संग्रहालयमा दान दिए। त्यसपछि बल्ल यो खप्परको अध्ययन सुरू भएको हो।

वैज्ञानिकहरूले यसलाई हार्विन क्रेनियम (खप्पर) भनेका छन्। त्यो खप्पर जसको थियो, त्यो प्रजातिको नाम भने होमो लंगी राखेका छन्। होमो भनेको मान्छे भइहाल्यो, लंगी भनेको ड्र्यागन। त्यसैले बोलिचालीको भाषामा यसको नाम ड्र्यागन म्यान राखिएको छ।

वैज्ञानिकहरूले झन्डै तीन वर्ष लामो अध्ययनपछि यो खप्पर हाम्रा पूर्वज प्रजातिमध्ये सबभन्दा नजिकको भएको अनुमान गरेका छन्। खप्पर र ती श्रमिकको भेटको कथा ८० वर्षअघि, सन् १९३३ को भए पनि मान्छेको उत्पत्तिको कथा झन्डै २५ लाख वर्षअघि सुरू भएको वैज्ञानिक अनुसन्धानको निष्कर्ष छ।

प्रकाशित मिति: : 2021-07-25 15:29:00

प्रतिकृया दिनुहोस्