असोज १५ गतेदेखि कोरोनाको तेस्रो लहर आउन सक्ने 

फाइल तस्वीर
फाइल तस्वीर

नेपालमा असोज १५ देखि कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आज समितिमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण रहेको बताए।

उनले अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू नगरिएकाले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने बताए।

तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने उनको भनाइ छ। उनका अनुसार आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ सङ्क्रमित थपिने अनुमान गरिएको छ। यसअघि मन्त्रालयले सङ्क्रमणको तेस्रो लहर आउने भन्दै सचेत रहन निर्देशन समेत दिइसकेको छ। 

प्रकाशित मिति: : 2021-07-26 18:29:00

प्रतिकृया दिनुहोस्