युवती मृत अवस्थामा फेला

Symbolic photo
Symbolic photo

पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खोचमा एक युवतीको शव भेटिएको छ। 

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५। ३० वर्षीया युवतीको शव भेटिएको हो। 

उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-07-26 20:04:00

प्रतिकृया दिनुहोस्