अमेरिकी संसद्‌मा दङ्गा: आफूलाई भिडद्वारा मारिने डर लागेको प्रहरी अधिकृतको भनाइ

बिबिसी

काठमाडौं

अमेरिकी संसद्‌मा गत ज्यानुअरीमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूद्वारा निम्त्याइएको दङ्गाका बेला क्यापिटल भवनको सुरक्षामा खटिएका एकजना प्रहरी अधिकृतले त्यसबेला "आफू भिडद्वारा मारिन्छु" जस्तो लागेको बताएका छन्।

उक्त घटनाबारे छानबिन गरिरहेको संसदीय समितिसमक्ष उनले यस्तो बयान दिएका हुन्।

उक्त घटनाबारे अनुसन्धान गर्ने जिम्मा पाएको कङ्ग्रेसनल कमिटीले वासिङ्टन डिसीमा सुरु गरेको छानबिनका क्रममा एक्विलिनो गोनलले उक्त घटनामा "आफू अब यसरी नै मर्ने रहेछु" जस्तो लागेको बताए।

अर्का एकजना अश्वेत अधिकृत ह्यारी दुनले आफूलाई रङ्गभेदी तरिकाले दुर्व्यवहार गरिएको बताएका छन्।

प्रकाशित मिति: : 2021-07-28 09:12:00

प्रतिकृया दिनुहोस्