तीन दिनसम्मको मौसम पुर्वानुमान : देशका अधिकांश स्थानमा भारी वर्षाकाे सम्भावना

आज देशभर माैसम बदली भई धेरै स्थानमा पानी पर्ने छ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ। आज राति प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ।

आगामी २४ घण्टामा प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो तथा गेग्रान बहाव हुने एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले जारी गरेकाे बुलेटिन अनुसार बिहीबार राति गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। 

प्रकाशित मिति: : 2021-07-28 09:59:00

प्रतिकृया दिनुहोस्