गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्।
मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा बुधबार लु१ज ४५६५ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो।
चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको जिप बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
दुर्घटनामा परी चालकसहित सातजना घाइते भएका र उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत गुल्मी अस्पताल तम्घास ल्याइएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।