काठमाडौंका गल्लीमा असहायलाई खाना बाँड्दै हिँड्ने एक 'अनागरिक'को कथा

लोकान्तर

काठमाडौँ

 विश्वास खनाल

 

केही दिनअघि राजधानी काठमाडौंको घण्टाघर अगाडि एउटा अनौठो दृश्य देखियो ।

पछाडिको सीटमा क्रेट बाँधिएको साइकलमा एक युवक अघि बढ्दै थिए ।

साइकलको अगाडि टाँसिएको थियो– दाइको तातो खाना ।

सो दृश्यले स्वाभाविक रूपमा ध्यान तान्यो । उनका सामु पुगेर केही जिज्ञासा राखेँ ।

नाम कृष्ण श्रीवास्तव । उमेर २५ वर्ष । पहिचान नै यत्ति मात्र ।

भारतीय नागरिक रहेकी आमा लागूऔषध कारोवारको मुद्दामा नेपालमा जेल परेपछि उनी यहीँको अनाथालयमा हुर्किएका रहेछन् ।

संस्थामै रहेर एसएलसी र बाहिर निस्किएपछि प्लस टुसम्मको अध्ययन गरेको बताउने श्रीवास्तव नेपालमा कोरोना महामारी शुरू भएदेखि नै खाना बाँड्ने काममा सक्रिय रहेछन् ।

प्रकाशित मिति: : 2021-07-28 21:44:00

प्रतिकृया दिनुहोस्