जापानको टोकियोमा जारी ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा यतिबेला विभिन्न खेलाडीका नामहरु चर्चामा छन्।
स्वर्ण, रजत र कास्यस पदक जित्ने खेलाडीहरुको त चर्चा हुन्छ नै, तर यतिबेला ओलम्पिकमै अत्याधिक चर्चा पाएको एउटा नाम हो, एलिसिया श्मिट।
उनी ओलम्पिककै सबैभन्दा सुन्दर र कामुक खेलाडी भएको बताइएको छ।
उनी अहिले जमर्नबाट प्रतिनिधित्व गर्दै ओलम्पिक एथ्लेटिक्समा सहभागी छिन्। २२ वर्षीया एलिसिया सामाजिक सञ्जालमा पनि चर्चित छिन्। इन्स्टाग्राममा उनलाई १.८ मिलियनभन्दा बढीले फ्लो गरेका छन्।
उनलाई चर्चित आर्ट म्यागाजिन 'प्लेब्वाए'ले समेत फोटोशुटको लागि अफर गरेको थियो। उनलाई स्पोर्ट कम्पनी 'पूमा'ले प्रायोजन गर्दै आएको छ। सन् २०१७ मा अष्ट्रेलियाको 'बस्टेड कभरेज'ले उनलाई विश्कै सर्वाधिक कामुक खेलाडी घोषणा गरेको थियो।
यसैबीच एलिसियाले आफूलाई भने यी विभिन्न उपाधि र दिइएका 'ट्याग'हरु खासै मन नपर्ने बताएकी छन्। उनले आफ्नो प्राथमिकता खेलकुदमै भएको बताउँदै आएकी छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अहिले उनले जर्मनका बडीबिल्डर फ्रेडी रिचरसँग डेट गरिरहेकोसमेत उल्लेख गरेका छन्।