बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको एउटा तस्वीर पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको छ।
तस्वीरमा उनी 'ब्याकलेस' परिहनमा छिन्। आफ्नो तस्वीर शेयर गर्दै उनले लेखेकी छन, 'तिमी नराम्रो छैनौ, तिम्रो सोच नराम्रो छ।'
त्यसो त ३५ वर्षीय ज्याकलिन बेलाबेलामा विभिन्न कारणले चर्चामा आइरहन्छिन्। केही सयमअघि मात्रै उनी प्रेम सम्बन्धको कारण चर्चामा आएकी थिइन्। उनले आफ्नाे पूर्व प्रेमीलाई संकेत गर्दै 'ब्याकलेस' तस्वीर शेयर गरेकाे दर्शकहरुले अनुमान लगाएका छन्।
सन् २००६ मा मिस श्रीलङ्काको उपाधि जितेपछि उनले आफ्नो करिअर सुरु गरेकी थिइन्।