'एन्फा' कार्य समितिकाे आकस्मिक बैठक बस्दै, प्रशिक्षक अलमुताइरीकाे राजीनामा घाेषणाबारे छलफल हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक आज बस्ने भएकाे छ। 

बैठक अपरान्ह ४ बजे एन्फा कम्प्लेक्समा बस्न लागेकाे हाे।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाईएको आरोपकाे विषयमा छलफल गर्न बैठक बाेलाइएकाे बताइएकाे छ।

मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक संजाल फेसबुकमार्फत वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिने घोषणा गरेका थिए। तर उनले राजीनामा भने दिइसकेका छैनन्। 

पछिल्लाे समय एन्फाकाे याे विषयले चर्चासमेत पाएकाे छ। नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै छानबिनको लागि निवेदन पनि दर्ता गरेका छन्।

आजकाे बैठकमा यस विषयबारे गम्भीर छलफल हुने बताइएकाे छ। 

प्रकाशित मिति: : 2021-07-30 06:46:00

प्रतिकृया दिनुहोस्