डाक्टरलाई दुर्व्यवहार गर्ने खड्का भन्छन्, ‘घटनाबारे विज्ञप्ती कपाेकल्पित हुन्’

रबि पोख्रेल

अर्घाखाँची
File Photo
File Photo

अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा.कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गर्ने पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता चन्द्रबहादुर खड्का ‘उज्वल’ ले आफ्नाे बारेमा आएका विज्ञप्ती कपाेकल्पित भएकाे दावी गरेका छन्।

खड्काले अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाललाई दबाब दिएर घट्नाको अनुसन्धान नगरी विज्ञप्तीमा हस्ताक्षर गरेकाे बताएका हुन्।

उनले बिहीबार सामाजिक सञ्जालमा काठमाडौको शिक्षण अस्पतालमा उपचारत आमाको तस्वीर राख्दै अस्पतालको विज्ञप्ती कपोकल्पित भएकोले घटनाको थप अनुसन्धान गर्न अनुराेध गरेका छन्।

‘कपोकल्पित यो प्रेस विज्ञप्तीमा भरिएका सब्दजालप्रती मेरो असहमति राख्दै अस्पतालमा हुने अनियमित कार्यको केही समय अगाडि खोपको लगाउने विषयमा आएदेखी अन्य कुराहरुले मान्छे बचाउने होइन मार्नेतिर उद्दत देखिन्छ, घटनाको हबाला बारेमा अर्घाखाँची जिल्ला अस्पताल जसको साक्षी सयौं अस्पतालमा बिहान ७ बजे देखि दु:ख पाएका नागरिक छन, यदि कसैको दबाब नभएमा भन्नेछन।’ उनले फेबुकमा लेखेका छन्,‘ हस्ताक्षरकर्ता श्री कृष्ण भुसालले कति अनुसन्धान गरेर हस्ताक्षर गर्नु भयो कुन्नी? उहाँहरुको आरोप अनुसार मेरो अपराध हो भने म काठमाडौ शिक्षण अस्पतालमा आमालाई बचाउने कोसिसमा छु, गिरफ्तार हुनुपर्ने हो भनेको लागि सूचना .........?’

अस्पताल विकास समितिका अध्यक्ष कृष्ण भुसाल र अस्पताल प्रमुख डा. कपिल गाैतमले बिहीबार एक विज्ञप्ती जारी गरी डा. गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गर्ने खड्कालाई  कारबाही गर्न माग गरेका थिए। 

जारी विज्ञप्तीमा खड्काले गरेको दुर्व्यवहारले अस्पतालका स्वास्थ्यकर्मी अशुरक्षित भएको, मनोबल गिरेको र उत्साह घटेको, स्वास्थ्यकर्मी कोभिड -१९ को सेवामा खटिन निरुत्साहित भएकाेले घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई अनुरोध गरिएकाे छ।

खड्काले आफ्नी आमा कोरोना संक्रमितलाई काठमाडौं रिफर गर्ने सिलसिलामा बुधबार अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमलाई एम्बुलेन्सभित्र थुनेर दुर्व्यवहार गरेका थिए। खड्काले  कोरोना संक्रमित आफ्नो आमालाई जिल्ला अस्पतालबाट रिफर गरि काठमाडौं लैजाने क्रममा डाक्टरमाथि व्यवहार गरेका थिए। साथै खड्काले एम्बुलेन्समा ‘लात्ती’ प्रहार समेत गरेका थिए।

अस्पताल स्रोतका अनुसार डा.गौतम बुधबार मेडिकल  डियुटीमा नभएता पनि जिल्लाबाट पुर्व राष्ट्रिय सभाको सदस्य भएको नाताले आफै अक्सिजन मिलाउन एम्बुलेन्समा चढेको बखत एक्कासी एम्बुलेन्सको ढोका बन्द गरि यसलाई पनि काठमाडौं लगेर ‘हिड् यिनी डाक्टरको काम छैन’ भनी मानसिक तनाव दिनुका साथै एकछिन एम्बुलेन्समा थुनेका थिए। डा. गौतमलाई स्थानियबासीहरुले एम्बुलेन्सबाट उद्दार गरेका थिए। उनलाई ८ मिनेट जती एम्बुलेन्समा थुनेको स्थानियबासीहरुले बताए पनि स्पष्ट हुन सकेको छैन्। 

त्यस्तै, डियुटिमा खटिएकी डा.पुजा पन्तलाई ‘तँ को होस?’ भन्दै अभद्र दुर्व्यवहार गरेको र रिसमा डाक्टरहरूलाई तथनाम गालिगलौज गर्दै एम्बुलेन्सलाई  ‘लात्ती’ले हानेको प्रत्यक्षदर्शीले बताएका छन्।

‘स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्नुका साथै अक्सिजन मिलाईदिन भित्र पठाएर एम्वुलेन्सभित्र केहिबेर मलाई थुन्नुभाे, बिरामी बाेक्ने पवित्र एम्वुलेन्सलाई लात्ताले हिर्काउनुभाे।’ डा. गाैतमले भने।

स्वास्थ्यकर्मीहरुकाे मनाेवल गिर्नेगरि सम्मानित व्यक्तिबाट व्यवहार हुँदा आफुलाई निकै दुख लागेकाे गाैतमले बताए।

‘केही असामान्य व्यवहारसहित हामीमाथि दुर्व्यवहार भएकाे हाे।’ गाैतमले भने,‘तर हातपात नै भएकाे र भाैतिक आक्रमण भएकाे अवस्था चै हाेइन।’ 

गत २०७८ ज्येष्ठ १७ गते सोमवार सम्पन्न उपनिर्वाचनमा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का पराजित भएका थिए। भने विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेय विजयी भएका थिए। 

अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपछि वैशाख १५ गते उनि पदमुक्त भएका थिए।

प्रकाशित मिति: : 2021-07-30 13:58:00

प्रतिकृया दिनुहोस्