चर्चित गायक कृश वू बलात्कारको आरोपमा पक्राउ परेका छन्।
१९ वर्षीया युवतीले बलात्कार आरोप लगाएपछि चिनियाँ प्रहरीले उनलाई पक्राउ गरेको हो। आफू १७ वर्षको हुँदा कृशले बलात्कार गरेको ती युवतीको आरोप छ।
ती युवतीले कृशले आफ्नो घरमा बोलाएर मदिरा सेवन गराइ बलात्कार गरेको चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
कृशले भने उक्त आरोप अस्वीकार गरेका छन्। उनले आरोप सही प्रमाणित भएमा बिनाशर्त जेल जान तयार रहेको स्पष्टिकरण दिदै भनेका छन्।
त्यसो त कृशलाई अहिलेसम्म दर्जनौभन्दा बढी युवतीहरुले बलात्कारको आरोप लगाइसकेका छन्।