कोभिड युनिफाइड अस्पतालबाट हटाइए डा. जागेश्वर गौतम

फाइल तस्वीर
फाइल तस्वीर

सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरीय निर्णय गर्दै  डा. गौतमलाई हटाएको हो।

गौतमलाई गत जेठ १० गते कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो। उनलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।

गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई नियुक्त गर्ने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ। 

प्रकाशित मिति: : 2021-08-02 16:25:00

प्रतिकृया दिनुहोस्