डाइभर्सन गरिएको ठाउँमा बस र म्याजिक भ्यान जुध्दा एक युवतीको घटनास्थलमै मृत्यु

सर्लाहीको रानीगन्जमा बस र म्याजिक ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा आठजना घाइते भएका छन्।

लालबन्दी नगरपालिका-१७ स्थित रानीगन्जको घिमिरे चोकमा सोमबार अपराह्न पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारेका लागि छुटेको ना६ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना१ज २६४५ नम्बरको म्याजिक एकआपसमा जुध्दा म्याजिकमा सवार रानीगन्जकै २२ वर्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीका अनुसार राजमार्ग विस्तार गर्न बनाइएको डाइभर्सन भएको ठाउँमा दुर्घटना भएको छ।

दुर्घटनामा घाइते भएकाको स्थानीय मोडेल अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिए।

मृतक युवतीको शव सोही अस्पतालमा रहेको र दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2025-05-19 19:37:00

प्रतिकृया दिनुहोस्