दक्षिण कोरियाली पुरुषसँग बिहे गर्ने आप्रवासी महिलाहरू कसरी पुरानो मान्यता फेर्दैछन्

बिबिसी

काठमाडौं

दक्षिण कोरियामा विवाह गर्नुलाई सामाजिक उत्तरदायित्वका रूपमा पनि लिइन्छ।

सन् १९९० ताकापछि दक्षिण कोरियाली सरकारले विशेषतः जोडी नभेट्ने ग्रामीण कोरियाली पुरुषहरूलाई विदेशी महिलासँग विवाह गर्न प्रोत्साहन दिन निम्ति छुट्टै नीति बनाउनुपर्‍यो।

तर ती "वैवाहिक आप्रवासी" महिलाहरूको जीवन सहज छैन। केहीले कोरिया आएपछि सामाजिक भेदभाव तथा लाञ्छना खेप्नुपर्‍यो।

त्यस्तै घरेलु हिंसा र अत्याचारका घटनाबारे पनि विवरणहरू आए।

कैयौँ त्यस्ता महिलाहरू कोरियाली भाषा नजान्ने भए पनि दक्षिण कोरिया आएका थिए।

तर यी सबै कुरा हुँदाहुँदै पनि उनीहरूले कोरियाली समाजमा आफ्ना लागि महत्त्वपूर्ण स्थान बनाएका छन्।

यहाँ त्यस्ता केही उदाहरणहरू छन्।

प्रकाशित मिति: : 2021-08-02 20:58:00

प्रतिकृया दिनुहोस्