अभिनेत्री गरिमा पन्तलाई पुत्रीलाभ भएकाे छ।
उनले यूराेपेली राष्ट्र बेल्जियममा छोरीलाई जन्म दिएकी हुन्।
गरिमाले सामाजिक सञ्जालमा छोरीको तस्वीर राख्दै आफू आमा बनेको जानकारी दिएकी छन्।
उनले केही वर्ष पहिले व्यवसायी हरि शर्मा थपलियासँग बिहे गरेर बेल्जियम गएकी थिइन्।
उनकाे मुख्य अभिनय रहेका 'झोला', 'तीन घुम्ती', 'प्रीतिकाे फूल' लगायतका चलचित्रहरू सुपरहिट बनेका थिए।