माधव नेपाल निटक युवा संघको काठमाडौं जिल्ला कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालको काठमाडौं जिल्ला कमिटी गठन भएको छ।

गौरिशंकर राणाको अध्यक्षतामा ७६ सदस्यीय काठमाडौं जिल्ला आयोजक कमिटी गठन भएको हो। संघका जिल्ला इन्चार्ज महेश लामाको अध्यक्षमा आज सम्पन्न भेलाले राणालाई संयोजक चयन गरिएको छ। 

भेलामा युवा संघका महासचिव दिपक जिएम, उपमहासचिव संजिव राई, काठमाडौं जिल्ला सहइन्चार्ज श्यामकुमार वाईवा लगायतको बिशेष सहभागिता रहेको थियो। भेलालाई सम्बोधन गर्दै महासचिव जिएमले युवा संघको संगठन बिस्तार अब वडा–वडा स्तरसम्म गर्नुपर्ने निर्देशन दिएका छन्। 

राणाको संयोजकत्वमा गठन भएको जिल्ला आयोजक कमिटीको सदस्यहरुमा दाताराम पनेरु सहसंयोजक सदस्यहरुमा सुशिला श्रेष्ठ, सुवास सापकोटा, जयराम पौडेल, प्रवेश तामाङ, सुदन केसी, बुद्धबहादुर डंगोल, बिजयलाल डंगोल, संञ्जिव राना, दिपक खडगी, रामराजा घिमिरे, शिव घिमिरे लगायतका रहेका छन्। 

प्रकाशित मिति: : 2021-08-03 20:05:00

प्रतिकृया दिनुहोस्