पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ९२२ जनामा कोरोना सङ्क्रमण भएको छ।
सो अवधिमा एक हजार ५६६ को पिसिआर परीक्षण गर्दा ४८५ र एक हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५ मध्ये विराटनगरमा ४१, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा छ, पाँचथर र सङ्खुवासभामा दुई/दुई, इलाम र खोटाङमा एकएक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको छ।
सोही अवधिमा प्रदेशमा आज ३६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १६६ महिला र १९९ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सात जना महिलासहित १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। रासस