प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट नसार्न माग गर्दै १४ पूर्वआईजीपीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट नसार्न भन्दै १४ जना पूर्व प्रहरी महानिरीक्षक (आईजीपी)ले  प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।

बालुवाटारमा बुधबार प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआईजीपीहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रहरी प्रतिष्ठान सार्ने निर्णय गलत भएको भन्दै उल्ट्याउन माग गरेका हुन्।

‘राजधानीको केन्द्रमा रहेको सुरक्षा अंग हटाएर हेलिप्याड बनाउने योजना गलत हो। नेपाल प्रहरीका लगभग ८० हजार बहालवाला प्रहरी र लाखौंको संख्यामा रहेका पूर्व प्रहरी कर्मचारीहरूको ऐतिहासिक एवं भावनात्मक सम्बन्ध गाँसिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा ९१३०–३–०–० रोपनी ० र प्रहरीका पुर्खाको रगत पसिनाले आर्जेको भौतिक सम्पत्तिसमेत राष्ट्रपति कार्यालयको सुविधा बढाउनका लागि तत्कालीन नेपाल सरकारले २०७५/०५/२१ गते गरेको निर्णय अदूरदर्शी,अव्यवहारिक र पूर्णतः अवैज्ञानिक छ,’ भन्दै ज्ञापन पत्र बुझाएका हुन्। 

प्रकाशित मिति: : 2021-08-04 18:27:00

प्रतिकृया दिनुहोस्