कोभिड चीन: डेल्टा भेरिअन्टले कसरी सफल 'शून्य कोरोना भाइरस रणनीति'लाई जोखिममा पार्दैछ

बिबिसी

काठमाडौं

जुलाई १० मा चीनको नान्जिङमा एअर चाइनाको सीए ९१० विमान अवतरण हुँदा त्यसमा यात्रु मात्रै थिएनन्। रुसको मस्कोबाट आएका एक यात्रुमा कोरोनाभाइरस को डेल्टा भेरिअन्ट थियो।

यात्रुहरू विमानबाट उत्रिएपछि नान्जिङ लुकाउ विमानस्थलका कर्मचारीहरू सफा गर्न चढे।

चिनियाँ अधिकारीका अनुसार ती कर्मचारीले बाहिर निस्किँदा आफूसँगै त्यो भाइरस पनि लिएर आए। यसको परिणामतः चीनमा वुहानपछि सबैभन्दा ठूलो कोभिड सङ्क्रमण फैलियो।

ग्रीष्मयामको यात्रा समय रहेको गत केही सातामा चीनका कम्तीमा १६ प्रान्त र नगरपालिकामा डेल्टा भेरिअन्ट भेटिएको छ। तीमध्ये धेरै सङ्क्रमणको सम्बन्ध नान्जिङसँग छ।

अहिलेसम्म एक अर्ब ४० करोड जनसङ्ख्या भएको चीनमा केही सय जनामा मात्रै डेल्टा भेरिअन्टको सङ्क्रमण देखिएको छ। तथापि बेइजिङ, शाङ्घाई र वुहानजस्ता ठूला सहरमा यो अतिसङ्क्रामक भेरिअन्ट पुगेकाले धेरैलाई चिन्तित बनाएको छ।

प्रतिकार्यका रूपमा चीनले पुरानै शैली अपनाएको छ। लाखौँलाई परीक्षण गरिएको छ, सहरहरू लकडाउन गरिएका छन् र केही क्षेत्रको यातायात बन्द गरिएको छ।

 

प्रकाशित मिति: : 2021-08-06 16:17:00

प्रतिकृया दिनुहोस्