सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गतेसम्म सार्वजनिक गर्ने भएको छ। परीक्षा प्रकाशनको अन्तिम चरणमा आफूहरू पुगेको र कार्यालयको सर्भर तथा प्राविधिक क्षेत्रमा समस्या भएन भने २५ गतेसम्म नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताएका छन्।
नतिजा प्रकाशनका क्रममा विद्यार्थीको प्राप्ताङ्कमा त्रुटि नहोस् भनेर नै रुजुको काम भइरहेको उनले बताएका छन्। हाल विद्यार्थीको प्राप्ताङ्क नम्बरलाई जीपीएमा परिवर्तन गर्ने काम भइरहेको छ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण बढेपछि २०७७ सालमा कक्षा १० का विद्यार्थीको एसईईको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरिएको थियो । विद्यालयलाई असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कन पूरा गरी जिल्लास्थित समन्वय एकाइमा पठाउन समय दिइएको थियो।