प्रदेश नं १ मा ७६५ मा कोरोना सङ्क्रमण, १७ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। 

एक हजार पाँच जनाको पिसिआर परीक्षण गर्दा ३१२ र एक हजार ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५३ गरी कूल ७६५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार तीमध्ये मोरङमा १०० मध्ये विराटनगरमा १७, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३ तथा तेह्रथुम र उदयपुरमा दुई–दुई जनामा सङ्क्रमण देखिएको छ। 

पछिल्लो २४ घण्टामा प्रदेशमा ४५८ जना सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये २०५ महिला र २५३ पुरुष छन्। कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा सात महिलासहित १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-08-07 20:47:00

प्रतिकृया दिनुहोस्