कोरोना कहरले नछोएको अयरपानी होमस्टे : पाहुना आएका आयै

लोकान्तर

पाेखरा

 

विजय उत्सव

गाउँ टेक्ने बित्तिकै पाहुनाको स्वागतमा गाउँलेहरू हातमा फूलमाला लिएर बस्छन् । उनीहरूको मीठो आतिथ्य, सत्कार, रहनसहन र मनोरम दृश्यले यहाँ पुग्ने जोकोही पुलकित हुन्छन् । यो हो – अयरपानी सामुदायिक होमस्टे । 

फेदीखोला कास्की र स्याङ्जाको सीमा क्षेत्र हो । पोखराबाट पश्चिम दिशामा पर्ने फेदीखोला गाउँपालिका–१ मट्टिखानमा पर्दछ, अयरपानी गाउँ । 

शहरबजार कोरोना महामारीले आक्रान्त बन्दा यो गाउँ भने यतिखेर दिनहुँ पाहुनाको स्वागतमा व्यस्त छ । 

अयरपानी सामुदायिक होमस्टेका सचिव राजकुमार गुरुङ भन्छन्, ‘कोरोना महामारी शुरू भएकै वर्षदेखि हामीहरूले होमस्टे शुरू गरेका हौं । बजार कोरोना महामारीका कारण लकडाउन र निषेधाज्ञामा हुँदा हामीहरूलाई पाहुनाको स्वागतमा भ्याइँनभ्याइँ छ ।’

पोखरा बजारदेखि नजिकै रहेको अयरपानी पुगेपछि जोकोहीलाई तत्काल त्यो ठाउँ छोड्न मन लाग्दैन । निकै उचाइमा रहेको यो ठाउँबाट पोखरा बजार तल पारेर हेर्नुपर्छ । उत्तरमा मनोरम हिमश्रृंखला, चारैतिर हरियाली वन, गाउँले परिवेश, मीठामीठा परिकार, रहनसहन, परम्परा, शान्त र सौम्य यहाँका विशेषता हुन् ।

प्रकाशित मिति: : 2021-08-07 21:54:00

प्रतिकृया दिनुहोस्