बलिउडमा अभिनेत्रीहरुबीच न्यूड फोटोशुट गर्ने होडाबाजी नै चल्छ। तर यो होडाबाजी आज मात्र होइन, दशकौँ अघिबाट चलिरहेको पाइन्छ।
खासगरी विभिन्न म्यागाजिनको कभरको लागि भन्दै त्यस्ता फोटोशुटहरु गरिएता पनि त्यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उनीहरुको करिअरलाई भने फरक पारेकै हुन्छ।
केही अभिनेत्रीहरुले कपडासँगै फोटोशुट गरे पनि पछि इडिट गरेर न्यूड देखाइन्छ। तर केही अभिनेत्रीहरु भने साँच्चीकै वस्त्रविहिन भएर फोटोशुट गराउँछन्।
यहाँ केही अभिनेत्रीहरुको नाम उल्लेख गरिएको छ, जसले बलिउडमा न्यूड फोटोशुट र छायांकनलाई प्रचलनमा ल्याए।
१. उदिता गोस्वामी
सन् २००० ताका उदिता एक चर्चित अभिनेत्री थिइन्। उनले सन् २००५ मा चलचित्र 'जहर'को लागि नांगै फोटोशुट गराएकी थिइन्।
२. अनु अग्रवाल
सन् १९९४ मा अभिनेत्री अनु अग्रवालले चलचित्र 'दी क्लाउड डोर'को लागि नांगो भएर फोटोशुट गराएकी थिइन्। त्यतिबेला उनको चर्को आलोचनासमेत भएको थियो।
३. जिनात अमन
सन् १९७८ तिर बलिउडले विस्तारै गति लिइरहेको थियो। त्यतिबेला जिनाता एक चर्चित अभिनेत्री थिइन्। उनले चलचित्र 'सत्यम शिवम सुन्दरम'को लागि न्यूड फोटोशुट गराएकी थिइन्।
४. करिना कपूर
करिनालाई नचिन्ने त सायदै होलान्। सन् २००९ मा रिलिज भएको चलचित्र 'कुरबान'को लागि उनले साँच्चीकै नांगो भएर फोटोशुट गराएकी थिइन्। त्यतिबेला उनलाई आलोचना र प्रशंसाको बराबर सामना गर्नुपरेको थियो।
५. पावली दाम
अभिनेत्री पावली दामको नाम कमैलाई थाहा छ। तर, उनको अनुहार भने अधिकांश दर्शकको आँखामा बसेको हुन्छ। उनले सन् २०१२ मा रिलिज भएको चलचित्र 'हेट स्टोरी'को लागि वस्त्रविहिन भएर छायांकन गरेकी थिइन्।
६. सोनाली राउत
अभिनेत्री सोनाली राउतले पनि सन् २०१४ मा रिलिज भएको चलचित्र 'दी एक्सपोज'को लागि नांगै फोटोशुट गराएकी थिइन्।
७. बार्बरा मोरी
बार्बराले सन् २०१० को चलचित्र 'काइट्स'को लागि नांगै बनेर छायांकन गरेकी थिइन्। उक्त चलचित्रमा उनले ऋतिक रोशनसँग स्क्रीन शेयर गरेकी थिइन्।
८. पुनम पाण्डेय
अभिनेत्री पुनम पाण्डेयले आफ्नो पहिलो चलचित्रमै न्यूड छायांकन गरेकी थिइन्। जुन सन् २०१३ मा रिलिज भएको थियो।
९. नन्दना सेन
नन्दना दशकअघिको चर्चित अभिनेत्री हुन्। उनले दर्जनौ हिट चलचित्र दिइसकेकी छन्। नन्दनाले सन् २००८ मा बनेको चलचित्र 'रंग रसिया'को लागि वस्त्रविहिन बनेर छायांकन गरेकी थिइन्।