राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताएका छन्। आज पत्रकारसँग कुराकानी गदै पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताए।
उनले भने, 'पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन। अब विचार नै परिवर्तन गर्न जरुरी छ।'
सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व र समृृद्धिको यात्रा पूरा नहुने भन्दै उहाँले यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताए।