नैनीतालमा भारी बोकेर पुस्ताैं बित्याे नेपालीकाे जीवन

गोरखापत्र

नैनीताल

शेरबहादुर सिंह

कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिनुभयो । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उहाँले भारी बोकेरै दैनिक रु ५०० भारुसम्म कमाउने गरेको बताउनुभयो । “हामी कालीकोटका मात्रै भारी बोक्ने यहाँ ५०÷६० जना नेपाली छौँ”, उहाँले भन्नुभयो, “शुरुआतमा भारी बोक्न गाह्रो हुन्थ्यो, अहिले त बानी परिसक्यो ।”

उहाँ अन्य नेपालीसँगै तल्लीतालमा डेरा गरी बस्नुहुन्छ । आफू १३ वर्षको उमेर हुँदा मजदूरका लागि आएको सुनाउँदै उहाँले यहाँको कडा परिश्रमले नै परिवारको खर्च चलिरहेको बताउनुभयो । “कुनै दिन त सामान बोक्न नपाए त्यसै पनि बस्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “एक क्विन्टलसम्मको भारी बोकेर डाँडाकाडासम्म पुगेको छु ।” नैनीताल शहर उत्तराखण्डको नैनीताल जिल्लाको सदरमुकाम पनि हो । भारत तथा नेपालीको पर्यटकीय रोजाइमा पर्ने सो क्षेत्र गर्मीका मौसममा पर्यटकले भरिभराउ हुन्छ ।

प्रकाशित मिति: : 2021-08-08 21:01:00

प्रतिकृया दिनुहोस्