बलिउड अभिनेत्री दीपिका पादुकोण चलचित्र ‘बैजु बावरा’ बाट बाहिरिएकी छन्।
सञ्जय लीला भन्सालीले निर्देशन गर्न लागेको उक्त चलचित्रमा पारिश्रमिकको कुरा नमिलेपछि दीपिका चलचित्रबाटै बाहिरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
चलचित्रमा दीपिकाले अभिनेता बराबरको पारिश्रमिक मागेकी थिइन्।
यससँगै बहुप्रतिक्षित मानिएको उक्त चलचित्रमा अब नयाँ अभिनेत्री कसलाई अनुबन्धित गर्ने भन्नेबारे कुनै निश्चित भएको छैन।