कुलमान नियुक्तिको निर्णय किन लुकायो सरकारले?

पहिलोपोष्ट

काठमाडौं

काठमाडौँ: सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। यद्यपि निर्णय भने गोप्य राखिएको छ। यता प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्ना विभागीय प्रमुख, विभिन्न परियोजनाका प्रमुखलगायतसँग मंगलबार भेटेर बिदा मागेका छन्।

प्राधिकरणमा नभए पनि सम्मानजनक ठाउँमा जान लागेको भन्दै हितेन्द्रले बिदा मागेका थिए। घिसिङलाई प्राधिकरणको नेतृत्व जिम्मा दिइएको पत्र भने दिइसकिएको छैन।

सोमबार के भएको थियो?

ऊर्जामन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा नियुक्तिको ठाडो प्रस्ताव पेस गरिन्। भुसालले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने प्रस्ताव पनि लगेकी थिइन्।

शाक्यको सम्मानजनक बर्हिगमनका लागि प्राधिकरणमा खाइपाइ आएको तलब-सुविधा दिनेगरि आयोगमा पठाउने प्रस्तावप्रति मुख्यसचिव शंकर बैरागी दाहालले अर्थको सहमति चाहिने मन्त्रिपरिषद् बैठकमा जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-10 20:24:00

प्रतिकृया दिनुहोस्