अभिनेता सौगात मल्ल र अनमोल केसी चलचित्र 'एक्स ९' सँगै देखिने भएका छन्।
चलचित्रको लागि दुवै जनासँग सम्झौता भइसकेको निर्देशक मुकुन्द भट्टले जानकारी दिएका छन्। मुकुन्दसँग सौगातले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनले लप्पन छप्पनुमा सँगै काम गरीसकेका छन्।
चलचित्रमा सौगात र अनमोलले भने पहिलो पटक सँगै स्क्रिन सेयर गर्दैछन्। चलचित्रलाई नेपालसँगै युरोप, आबुधाबी र क्यानडामा छायांकन गरिने बताइएको छ।
चलचित्रमा पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल, अर्पण थापा, नवीन लम्साल, फजिल अहमद पनि देखिदैछन्। चलचित्रमा भारतीय अभिनेता सुनिल शेट्टी पनि देखिँदैछन्।