लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

फाइल तस्वीर
फाइल तस्वीर

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदैछ।

प्रदेशसभा सदस्य लिला गिरीले दर्ता गरेको रिट निवेदनमाथिको सुनुवाइका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको छ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। यसअघि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो।

प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ। मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशनको बैठक बस्दै छ।

प्रकाशित मिति: : 2021-08-11 11:08:00

प्रतिकृया दिनुहोस्