न्यूयोर्कमा 'मिस नेपाल यूएसए २०२१' आयोजना गरिने

बिएल संवाददाता

वाशिङ्गटन डिसी

मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ। 

सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह भव्य रुपमा मनाइने भएको हो। 

नेपालकी चर्चित सञ्चारकर्मी, अभिनेत्री, प्रस्तोता, समाजसेवी साथै मिस नेपाल समेत रहिसकेकी माल्भिका सुब्बालाई प्रतिस्पर्धाको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ। 

प्रकाशित मिति: : 2021-08-11 11:12:00

प्रतिकृया दिनुहोस्