लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित

बिएल संवाददाता

रुपन्देही   

लुम्बिनी प्रदेशसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ।

सभामुख पूर्ण घर्तीले एक घण्टाका लागि बैठक स्थगन गरिएको जानकारी सभामा दिए। उनका अनुसार बैठक २ बजेर ४५ मिनेटमा पुनः शुरु हुनेछ।

मुख्यमन्त्री शंकर पोखरेललाई जवाफ दिने समयका लागि बैठक स्थगित गरिएको सभामुख घर्तीले जानकारी गराए।

मुख्यमन्त्री पोखरेलले आज पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनु अघि नै पोखरेलले पदबाट राजीनामा दिएका थिए।


 

प्रकाशित मिति: : 2021-08-11 14:27:00

प्रतिकृया दिनुहोस्