कास्कीमा भरुवा बन्दुकसहित एक पक्राउ

FIle photo
FIle photo

कास्कीमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की मादी गाउँपालिका ५ थाम बस्ने २६ वर्षीय कोष बहादुर गुरुङ रहेका छन्। 

अवैध रुपमा हात हतियार राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिगएको प्रहरी टोलीले उनको घरमा खोज तलास गर्ने क्रममा भरुवा बन्दुक भेटिएको हो।

घरबाट १६ बो को दुई नाले भरुवा बन्दुक १ थान, कार्टिज ५ थान,  बारुद अन्दाजी २०० ग्राम र सिसाको छर्रा १६ वटा फेला परेको गण्डकी प्रदेश प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिए। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: : 2021-08-12 19:21:00

प्रतिकृया दिनुहोस्