ज्यानसम्बन्धी कसुरका अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका– ७ बस्ने शिवजी खत्री छन्।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवीको टोलीले) सोही ठाउँबाट पक्राउ गरी आज थप कारवाहीका लागि मानगरीय प्रहरीवृत्त कालिमाटीलाई बुझाएको छ।
उनीमाथि विसं २०६२ मा भगवती लामालाई काठमाडौँको कलङ्कीस्थित आफ्नै डेरा शरीरमा आगो लगाएर मारेको आरोप छ। जलेको अवस्थामा फेला परेकी लामाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
सोही समयदेखि खत्री फरार हुँदै आएका थिए। फरार व्यक्ति खोजी गर्ने क्रममा उनलाई ब्युरोको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक शमकुमार महतोले जानकारी दिए। रासस