अफगानिस्तान युद्ध: करार अवधि सकिएका नेपाली कामदारलाई स्वदेश फर्किन सरकारको आग्रह

बिबिसी

काठमाडौँ

विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता बोलाइरहेका बेला नेपालले भने उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई तत्काल फिर्ता बोलाउने अवस्था नआइसकेको बताएको छ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको अवस्था रोजगारदाता एजेन्सी र व्यक्तिगत सम्पर्कसूत्रको माध्यमबाट अध्ययन गरिरहेको बताएको छ। "अफगानिस्तानको अवस्था हामीले नजिकबाट नियालिरहेका छौँ। त्यहाँ रहेका नेपालीहरूलाई अप्ठेरो परेको अवस्थामा उपयुक्त निर्णय लिइने नै छ," काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बीबीसीसँग भनिन्।

विदेशी सैनिकहरू अफगानिस्तानबाट फर्किन थालेपछि अहिले तालिबान लडाकुहरूले महत्त्वपूर्ण सहर र स्थानहरू आफ्नो नियन्त्रणमा लिन थालेका छन्। विभिन्न स्थानमा सङ्घर्ष जारी छ।

प्रकाशित मिति: : 2021-08-13 07:15:00

प्रतिकृया दिनुहोस्