थप २ हजार ६२४ जना कोरोना संक्रमित, २० जनाको मृत्यु 

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ५७३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो। 

हालसम्म गरिएको पिसीआर परीक्षणमा सङ्क्रमितको सङ्ख्या सात लाख ३० हजार ४७९  पुगेको छ। त्यस्तै, १ हजार ३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८० हजार ८१५ जना कोरोना मुक्त भएका छन्। 

यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।  उपत्यकामा सबैभन्दा धेरै काठमाडौँमा ५३५, ललितपुरमा १६४, भक्तपुरमा ९६ मा सङ्क्रमण पुष्टि भएको छ। 
 

प्रकाशित मिति: : 2021-08-14 17:58:00

प्रतिकृया दिनुहोस्