भारतको चर्चित रियालिटी शो इन्डियन आइडल सिजन-१२ को ग्राण्ड फिनाली आज हुने भएको छ।
उक्त फिनाली रातको १२ बजेदेखि दिउँसो १२ बजे अर्थात् बाह्र घण्टासम्म सञ्चालन हुनेछ। यो इतिहासकै सबैभन्दा लामो फिनाली हुने बताइएको छ।
ग्राण्ड फिनालीमा छ जना प्रतिस्पर्धी रहेका छन्। जसमा पवनदिप राजन ,अरुनिता कान्जिलाल, मोहम्द दानिस, सनमुख प्रिया, निहाल ताउरो र सायली काम्बले छन्।