काेराेना संक्रमण: दक्षिण एसियामा भारतकाे अवस्था सुधार, नेपालकाे थप नाजुक

देशसञ्चार

काठमाडाैं

डा. प्रवीण श्रेष्ठ

कोरोना प्यान्डेमिक कालमा दक्षिण एसियाको भूमिका कस्तो रह्यो भन्ने कुरा सर्वबिदितै छ। कोरोना प्यान्डेमिक सुरु भएदेखि हालसम्म दक्षिण एसियामा मात्रै विश्वको करिब १७% कोरोना संक्रमण भेटिइसकेको छ भने विश्वको  करिब १३% कोरोना मृत्यु दक्षिण एसियामै देखिएको छ।

करिब दुई अरब जनसंख्या भएको यस क्षेत्रले विश्वको करिब एक चौथाई जनसंख्या ओगटेको परिप्रेक्षमा हालसम्मको यस क्षेत्रको कोरोना संक्रमण र कोरोना मृत्युको अनुपात त्यति ठूलो नभएता पनि सामाजिक तथा आर्थिक रुपमा पिछडिएको हाम्रो समाजमा कोरोना प्यान्डेमिकले कति नोक्सान पुर्‍यायाे होला अनुमान लगाउन त्यति गार्हाे नपर्ला।

चित्र न. १ ले दक्षिण एसियाको विगत एक महिनाको कुल कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। समग्र दक्षिण एसियाको तथ्यांक हेर्ने हो भने भारत ठूलो राष्ट्र भएको हुनाले र त्यहाँको  कोरोना तथ्यांक अन्यत्रको भन्दा धेरै हुने भएकोले दक्षिण एसियाको तथ्यांकलाई प्राय भारतले नै प्रतिनिधित्व गरेको हुन्छ। तर पछिल्लो समय हेर्ने हो भने भारतको तुलनामा बंगलादेश, पाकिस्तान, श्रीलंका र नेपालमा दैनिक संक्रमण निकै बढेको हुनाले हाल दक्षिण एसियाको प्यान्डेमिक मानचित्रमा भारतको प्रभाव केही घटेको देखिन्छ।

प्रकाशित मिति: : 2021-08-15 16:50:00

प्रतिकृया दिनुहोस्