‘सरकार, हामीलाई छिटो उद्धार गर’

अन्नपूर्ण पोष्ट

तुलसी सुवेदी

कैलाली धनगढीका प्रशान्त भट्ट (परिवर्तित नाम) ६ वर्षदेखि अफगानिस्तानको काबुलमा छन्। त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ अमेरिकी सेनाको क्याम्पमा काम गर्छन्। उनीसँगै त्यहाँ १२ नेपाली काम गरिरहेका छन्। उनीहरूले हवाई उडान ठप्प रहे पनि जतिसक्दो चाँडो उद्धार गरेर स्वदेश फर्काइदिन माग गरेका छन्। 

‘सरकारले हामीलाई यहाँबाट जतिसक्दो चाँडो उद्धार गरेर हाम्रो जीउज्यानको रक्षा गरिदेओस्’, भट्टले अन्नपूर्ण पोस्ट्सित भने। सरकारले भने तत्काल उद्धारको कुनै योजना बनाएको छैन। जोखिम मोलेर अनौपचारिक रूपमा पुगेका नेपाली त झनै त्रासमा रहेको जनाइएको छ।  

विद्रोही समूह तालिबान काबुल प्रवेश गरेपछि आफूहरू तनावमा रहेको भट्टले बताए। ‘अहिले काबुल तनावग्रस्त छ, स्थिति खराब छ’, भट्टले भने, ‘हामी डेन्जर जोनमा छौं।’ 

विद्रोहीहरू राजधानीभित्र छिरिसकेकाले जति बेला जे पनि हुन सक्ने त्रास उत्पन्न भएको उनले सुनाए। ‘हामीले सावधानी त अपनाइरहेका छौं। तर, जति बेला जे पनि हुन सक्ने डरले चिन्तित छौं’, भट्टले भने। 

प्रकाशित मिति: : 2021-08-16 07:25:00

प्रतिकृया दिनुहोस्