झोलुुङ्गे पुल बगाएपछि काठे पुल तर्नुपर्ने बाध्यता

File photo
File photo

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ५ को माल्कोट जोड्ने रहगाडको झोलङ्गे पुल बाढीले बगाएपछि काठे पुल तर्न स्थानीयवासी बाध्य छन्।

गतवर्ष आएको बाढीले उक्त स्थानको झोलुुङ्गे पुल बगाएको थियो। पुल पुनः निर्माणमा कसैले ध्यान नदिँदा खोला तर्न काठे पुल हालिएकामा त्यो पनि जीर्ण भएको भएको वडा नं ८ का  महेश विष्टले बताए।

‘नयाँ पुल बनाउनका लागि गाउँपालिकासँग माग गरेका छौँ’ सोही स्थान निवासी रुप विष्टले भने, ‘गाउँपालिकाको आधा जनसङ्ख्या वारपार गर्ने पुल नहुँदा  जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ।’

गाउँपालिकालगायत सरोकारवाला निकायसँग पुल निर्माणका लागि लामो समयदेखि माग गरिएकामा कसैले पनि चासो नदिएको वडा नं ६ का रण विकले जानकारी दिए।

‘झोलुङ्गे पुल निर्माणका लागि हामीले पहल गरेकामा एउटा संस्थामार्फत गरिने भएको छ’ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले भने, ‘प्राविधिक कारणले निर्माणमा केही ढिला भएकामा चाँडै बनाउन ताकेता गरेका छौँ।’

प्रकाशित मिति: : 2021-08-16 14:54:00

प्रतिकृया दिनुहोस्