अफगानिस्तान घटनामा चीनकाे पहिलाे प्रतिक्रिया- तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहन्छाैँ

Photo : hongkongfp.com
Photo : hongkongfp.com

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि चीनले पहिलो पटक आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको बताएको छ।

सोमबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयले अफगानी जनताको इच्छा र छनोटलाई सम्मान गर्दै तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गरेर अघि बढ्न इच्छुक रहेको बताएको हो।

तालिबानको समावेशी तथा खुला इस्लामिक सरकार गठनको घोषणाप्रति आफूहरु सकारात्मक रहेको परराष्ट्र प्रवक्ता हुआ छुन यिङले बताइन्।

उनले भनिन्, 'तालिबानले आफ्ना शर्तहरु पुरा गरोस्। नागरिकको सुरक्षालाई प्राथमिकता दिओस्। यसमा चीन आशावादी छ।'

प्रकाशित मिति: : 2021-08-16 17:24:00

प्रतिकृया दिनुहोस्