प्रदेश नं १ मा थप ६९२  जनामा कोरोना सङ्क्रमणः २१ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

एक हजार ५३४ जनाको पिसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ८९ मध्ये विराटनगरमा ३४, सुनसरीमा ११५, झापामा २११, धनकुटामा ११, इलाममा नौ, भोजपुरमा तीन, ताप्लेजुङमा दुई, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्बु र सङ्खुवासभामा एक÷एक तथा प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा प्रदेशमा ४९३ सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष छन्। सो अवधिमा १२ महिलासहित २१ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-16 21:07:00

प्रतिकृया दिनुहोस्