टोखाले क्यूआर कोडसहित कोभिड प्रमाणपत्र उपलब्ध गराउने

File photo
File photo

टोखा नगरपालिकाले विदेश जाने नागरिकका लागि चाहिने क्यूआर कोडसहितको कोभिड प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ।

यसअघि स्वास्थ्य सेवा विभागले मात्र विदेश जाने नागरिकलाई क्यूआर कोड उपलब्ध गराउँदै आए पनि अब टोखा नगरपालिकाले उपलब्ध गराउने भएको हो। 

टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले वेभसाइट प्रमाणीकरणको लागि आवेदन फारममा गई त्यहाँ माग गरिएको सबै विवरण भरेर क्यूआर कोड लिन सकिने बताए।

उक्त वेभसाइटमा पासपोर्ट, पासपोर्ट आकारको फोटो, खोप कार्डको फोटो, सोही स्थानमा रहेको कवुलियतिनामाको फारम डाउनलोड गरेर अपलोड गरेपछि क्यूआर कोड लिन सकिनेछ। 

क्यूआर कोडसहितको प्रमाणपत्र अनिवार्य भएका देश जान लागेका व्यक्तिमा क्यूआर कोडसहिको प्रमाणपत्र प्राप्त गरेपछि मात्र टिकट लिनका लागि सरकारले सबैमा आग्रह गरेको छ। 
 

प्रकाशित मिति: : 2021-08-16 21:13:00

प्रतिकृया दिनुहोस्