नेपाली सामान, नेपालको स्वाभिमान

हामीले २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको उपभोग्य वस्तु आयात गर्‍यौं। निर्यात भने जम्मा १ खर्ब ४१ अर्बको गर्‍यौं। यसले हाम्रो चरम परनिर्भरतालाई देखाउँछ। वा, विदेशी वस्तुको मोहलाई झल्काउँछ।

के अब यो संस्कार बदल्ने होइन र ? देशभित्रै उत्पादन वृद्धि गरी तिनैको खपत बढाउने होइन र ? विश्व समुदायमा ‘मेड इन नेपाल’को प्रभुत्व बढाउने होइन र ? त्यसका लागि प्रेरक बन्न सक्छ लोक्ता।

लोक्ताबाट बनेको कागज धेरै मुलुकमा चर्चित छ। यो उत्पादन ४२ मुलुकमा निर्यात हुँदै आएको छ। यसलाई नेपाली हाते कागज भनेर पनि चिनिन्छ।

व्यापार प्रवद्र्धन निकासी केन्द्रका अनुसार २०७७/७८ मा मात्रै ६१ करोड ९ लाख रुपैयाँको निर्यात भएको छ। यो अघिल्लो आवभन्दा १८ करोड ५६ लाख ८० हजार बढी हो।

२०७६/७७ मा ४२ करोड ५२ लाखरुपैयाँबराबरको निर्यात भएको थियो। अमेरिका, बेलायत, भारत, जर्मनी, थाइल्यान्ड, यूएई (दुबई) र जापानमा बढी पठाइएको छ। अमेरिकामा १५ करोड ८८ लाख रुपैयाँको कागज बिक्री भएको छ। 

प्रकाशित मिति: : 2021-08-17 06:54:00

प्रतिकृया दिनुहोस्