एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि एमालेको भविष्यबारे विभिन्न टिकाटिप्पणी सुरु भएको छ।

यसैबीच नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ।

स्थायी कमिटी बैठक बिहान ११ बजे तुलसीलाल स्मृति भवनमा र आजै अपरान्ह ३ बजे बानेश्वरमा संसदीय दलको बैठक बस्न लागेको हो।

सरकारले संसद अधिवेशन अन्त्य गरेसँगै बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेताहरुबीच अनौपचारिक छलफलसमेत भएको थियो। 
 

प्रकाशित मिति: : 2021-08-17 07:47:00

प्रतिकृया दिनुहोस्