लोकदोहोरीका कलाकारले लगाए कोरोनाविरुद्धको खोप

File photo
File photo

लोकदोहोरी कलाकारहरुले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

उनीहरुले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको पहलमा सोमबार नयाँ बानेश्वरमा रहेको सिभिल हस्पिटलमा खोपको पहिलो डोज लगाएका हुन्।

देवी घर्ती, राजु ढकाल, खेम सेञ्चुरी, पुश्कल शर्मा, रमेशराज भट्टराई, दीपक खड्कालगायतका कलाकारहरुले पहिलो मात्राको खोप लगाएका हुन्।

सोमबार १ सय बढी कलाकारहरुले खोप लगाएको छन् भने आज बाँकी कलाकारहरुले खोप लगाएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए।

प्रकाशित मिति: : 2021-08-17 11:05:00

प्रतिकृया दिनुहोस्